१२ असोज २०८३, सोमबार

आज सुन–चाँदीको मूल्यमा गिरावट


अ
अ+
अ-

काठमाडौं, साउन २७ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार देशभर सुनको मूल्य घटेर तोलाको रू. १ लाख९६ हजार आठ सय कायम भएको छ। सोमबार सुन तोलाको रू. १ लाख९९ हजार दुई सय नजिक कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्यको स्तरमा थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य आज तोलामा रू. १ लाख ९६ हजार एक सय कायम भएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा तीव्र भिन्नता देखिएको छ।

चाँदीतर्फ पनि मंगलबार मूल्य घटेर तोलाको रू. दुई हजार तीन सय पाँच पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रू. १० ले कम हो। चाँदीमा समेत पछिल्ला दिनमा स्थिरता नदेखिएको व्यवसायीहरूले बताएका छन्।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, विश्व अर्थतन्त्रका अनिश्चितता र लगानीकर्ताको मनोविज्ञानका कारण सुनको मूल्यमा अस्थिरता बढेको हो। नेपालमा आयात–आपूर्ति र मागको उतार–चढावले पनि स्थानीय बजारमा सीधा प्रभाव पार्ने गर्छ।

विश्लेषकहरूले भनेका छन्– राष्ट्रपति ट्रम्पले सुन आयातमा शुल्क नलाग्ने घोषणा गरेपछि बजारमा केहि राहत पुगेको देखिन्छ र अहिले फेडरल रिजर्वले सेप्टेम्बरमा ब्याजदर कटौती गर्ने सम्भावनालाई ध्यानमा राख्दै लगानीकर्ताहरू सतर्क छन्।

पछिल्ला ७ दिनको सुन–चाँदी मूल्य

मिति सुन (छापावाल, प्रति तोला) चाँदी (प्रति तोला)

साउन २७, २०८२ रू. १९६,८०० रू. २,३०५

साउन २६, २०८२ रू. १९८,१०० रू. २,३१५

साउन २५, २०८२ रू. १९९,२०० रू. २,३३०

साउन २३, २०८२ रू. १९९,४०० रू. २,३२५

साउन २२, २०८२ रू. १९८,४०० रू. २,३१५

साउन २१, २०८२ रू. १९८,४०० रू. २,३०५

साउन २०, २०८२ रू. १९८,५०० रू. २,२८०

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्