१३ असोज २०८३, मंगलबार

समन्वयात्मक बैठक सम्पन्न


अ
अ+
अ-

काठमाडौं, साउन १२ । मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा खानेपानी, कृषि तथा सिंचाइ एवं सरसफाईको क्षेत्रमा कार्य गरिरहेका संयुक्त राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलगायतसँग राष्ट्रिय जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागी संस्थाका प्रतिनिधिहरुले हाल क्रियाशील रहेका क्षेत्रहरु तथा गरिरहेका प्रयासहरुका बारेमा जानकारी दिंदै सबैभन्दा धेरै प्रभावित क्षेत्रहरुका बारेमा जानकारी प्राप्त हुँदा ती क्षेत्रमा क्रियाशील हुन सहज हुने धारणा राख्नुभयो।

प्राधिकरणका कार्यकारी प्रमुख इ. दिनेश भट्टले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरी खानेपानी, कृषि, सिंचाइ र जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो।

दुई दिनअघि साउन १० गते शनिबार प्राधिकरणले गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा तराई मधेशका स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु तथा प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेको थियो।

त्यसअघि, विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएलगत्तै प्राधिकरणले राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलाई आफ्ना कार्यक्रमहरु आवश्यकता अनुसार परिमार्जन गरी मधेश केन्द्रित गर्न अनुरोध गरेको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्