काठमाडौं, साउन २३ । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा ५ अगस्टमा गएको बाढी पहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेका तथा घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।
विज्ञप्तिअनुसार जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत राजदूतावासलाई जानकारी गराइएको छ।
बाढी पहिरोपश्चात् नेपालीहरूको अवस्था सम्बन्धमा भारतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकाे हाे ।
भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गएको भिषण बाढी पहिरोका कारण भएको धनजनको क्षतिवारे उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ।
साथै, उक्त बाढी पहिरोपश्चात् त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

अन्य लेखहरू: नेवाः टाइम्स
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment