१२ असोज २०८३, सोमबार

नेपालमा २६ सामाजिक सञ्जाल बन्द गर्ने दूरसञ्चार प्राधिकरणको निर्देशन


अ
अ+
अ-

काठमाडौं, भदाै २० । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले २६ वटा सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णय तथा सामाजिक सञ्जाल प्रयोग निर्देशिका, २०८० काे आधारमा सो निर्णय कार्यान्वयन गर्न आग्रह गरेको हो।

एनटीएले जारी गरेको सूचनामा सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालन भइरहेका प्लेटफर्मलाई नेपालमा बन्द गर्ने व्यवस्था गरिएको र सोही अनुसार इन्टरनेट सेवा प्रदायकले तुरुन्तै कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

बन्द गर्न निर्देशन दिइएका सञ्जालहरूमा Facebook, Facebook Messenger, Instagram, YouTube, WhatsApp, Twitter (X), LinkedIn, Snapchat, Reddit, Discord, Pinterest, Signal, Threads, WeChat, Quora, Tumblr, Clubhouse, Mastodon, Rumble, MeWe, VK, Line, IMO, Zalo, Soul र हाम्रो पात्रो पर्छन्।

प्राधिकरणले यसबारेमा सूचित गर्दै उपभोक्तालाई वैकल्पिक विकल्प प्रयोग गर्न सकिने उल्लेख गरेको छ। यस्तै, मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सबै विदेशी वा स्वदेशी सामाजिक सञ्जालले अनिवार्य दर्ता गर्नुपर्ने भनिएको थियो। याे सरकारकाे सामाजिक सञ्जाल निष्कृय बनाउने निर्णयकाे नेपाल पत्रकार महासंघले विराेध गरेकाे छ ।

सामाजिक सञ्जाल, विशेषगरी फेसबुक हालसम्म पूर्ण रूपमा बन्द नभए पनि, ल्यापटपबाट नचलेकाे, शेयर गरिएका फाइलहरू नखुल्ने समस्याहरू देखिएका छन्। यस्तै, ह्वाट्सआय्प पनि कतैकतै नचलेकाे गुनासाे हिजाे साँझदेखि नै सुनिएका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्