१२ असोज २०८३, सोमबार

काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी


अ
अ+
अ-

काठमाडौं, भदौ २३ । काठमाडौं जिल्लामा सम्भावित अप्रिय घटना रोक्न प्रमुख जिल्ला अधिकारीको आदेशमा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साेमबार अपराह्नदेखि मंगलबार बिहान १० बजेसम्म कर्फ्यु लागू हुने जनाएको हो।

प्रशासनले जारी गरेको आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका जुलुस, सभा, बैठक, विरोध प्रदर्शन तथा हिँडडुल गर्न निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ।

कर्फ्यु लागू हुने क्षेत्रहरू यसप्रकार छन् :

नयाँबानेश्वर चोकदेखि पश्चिमतर्फ पेरिस डाँडा हुँदै बागमती पुलसम्म,

नयाँबानेश्वर चोकदेखि दक्षिणतर्फ मिनभवन हुँदै शंखमुल पुलसम्म,

नयाँबानेश्वर चोकदेखि उत्तरतर्फ डायमण्ड सुपरमार्केट हुँदै पुरानो बानेश्वरसम्म,

नयाँबानेश्वर चोकदेखि पूर्वतर्फ तीनकुने हुँदै विजुली बजार पुलसम्म।

त्यस्तै, सिंहदरबार क्षेत्र र आसपासमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ।

पूर्व हेलिप्याडस्थित सवारी साधन पार्किङ क्षेत्रदेखि १०० मिटर अगाडिसम्म,

भद्रकाली मन्दिर (तिनकुने आइसल्यान्ड) को पूर्व कुनाबाट सिंहदरबार मुख्य गेटसम्म,

सिंहदरबारको उत्तर गेट, पश्चिम गेट, दक्षिण गेट र पूर्व गेटतर्फका मार्गहरू,

पुतलीसडक, माइतीघर, भद्रकाली र अनामनगरतर्फ जाने बाटोसमेत कर्फ्यु क्षेत्रभित्र पर्ने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार, तोकिएको समय र क्षेत्रमा कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिइएको छ। जिप्रका, काठमाडौंले आजै दुईवटा कर्फ्युकाे सूचना जारी गरेकाे थियाे ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्