१० असोज २०८३, शनिबार

नेता पूजाबाट दिक्क सुमना श्रेष्ठले रास्वपा त्यागिन्


अ
अ+
अ-

काठमाडौं, भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीभित्रको नेतापूजक संस्कार, आलोचकप्रति असहिष्णु व्यवहार र गल्ति स्विकार्न नसक्ने प्रवृत्तिप्रति आक्रोश प्रकट गर्दै राजीनामा गरेको घोषणा गरेकी हुन्।

श्रेष्ठले रास्वपाले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई प्राथमिकता दिन थालेपछि आफू लगातार असन्तुष्ट हुँदै आएको उल्लेख गरिन्। तर, आफ्नो आलोचना सुन्ने साटो उल्टै पार्टी नेतृत्वले मिडिया ट्रायलमार्फत चरित्रहत्या गर्न खोजेको उनको आरोप छ।

“कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिदिनुपर्ने अवस्था भयो। आलोचना गर्नेहरूलाई उल्टै मिडिया ट्रायल गर्ने प्रवृत्ति स्वीकार्य छैन,” श्रेष्ठले भनिन्।

पार्टीमा आफ्ना विचारहरूले कुनै फरक नपारेको बताउँदै उनले थपिन्, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। I QUIT. मैले पार्टी छोडेँ।”

भिडियो सन्देशमा उनले केवल रास्वपामात्र नभई अन्य ठूला दलका युवा नेताहरूलाई पनि लक्षित गर्दै टिप्पणी गरेकी छन्। कांग्रेस, एमालेलगायत दलका तेस्रो पुस्ताका नेताहरूले अन्धानुकरण र नेतापूजाबाट बाहिर निस्कनुपर्ने उनले सुझाव दिइन्।

“आजको परिस्थिति आउनुमा तपाईँहरूको नेतृत्वको ब्यहाेरा प्रमुख कारण हो। त्यसलाई बोकेर बस्नुपर्ने कुनै कारण छैन। अहिले सही समय आएको छ—आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,” उनले भनिन्।

श्रेष्ठले पार्टी त्याग गरेसँगै रास्वपाभित्र आन्तरिक असन्तुष्टि पुनः सतहमा आएको छ। उनी सभासद्का रूपमा प्रतिनिधिसभामा निर्वाचित भइसकेकी नेतृ भएकाले यस कदमले पार्टीको छवि र आगामी राजनीतिक रणनीतिमा प्रभाव पार्ने अनुमान गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्