१२ असोज २०८३, सोमबार

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य


अ
अ+
अ-

काठमाडौं, साउन २२ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा पूर्वाधार सम्पर्कको प्रभावकारी सेतुका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले सरकारको मुख्य जोड आर्थिक कूटनीतिलाई सुदृढ बनाउने र सीमापार सम्पर्क विस्तारमार्फत क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने रहेको बताए।
उनले नेपालको भौगोलिक अवस्थाले चीन र दक्षिण एसियाबीच व्यापार, लगानी, यातायात, ऊर्जा तथा पूर्वाधार विकासमा महत्वपूर्ण पुलको भूमिका खेल्न सक्ने उल्लेख गरे। यही सम्भावनालाई उपयोग गर्दै नेपालले क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धिलाई अघि बढाउने नीति अवलम्बन गरेको उनको भनाइ थियो।
मन्त्री खनालले बहुध्रुवीय विश्व व्यवस्थामा परम्परागत कूटनीतिभन्दा आर्थिक सहकार्य, सम्पर्क सञ्जाल विस्तार र पारस्परिक हितमा आधारित साझेदारीको महत्व बढ्दै गएको उल्लेख गर्दै नेपाल त्यस दिशामा सक्रियतापूर्वक अघि बढिरहेको बताए।
उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि नेपालले सन्तुलित, सहयोगमुखी र आर्थिक कूटनीतिमा आधारित परराष्ट्र नीतिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्