१२ असोज २०८३, सोमबार

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने


अ
अ+
अ-

काठमाडौं, असार १४ । प्रतिनिधिसभा अन्तर्गतको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति तथा सांसद सुम्निमा उदासले नेपालमा बढ्दो पर्यटक आगमनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ‘नेपाल पर्यटन विकास प्राधिकरण’ स्थापना गर्नुपर्ने प्रस्ताव राखेकी छन्।
प्रतिनिधिसभाको शून्य समयमा आफ्नो तेस्रो सम्बोधन गर्दै उनले नेपालले लामो समयदेखि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै अहिले त्यो लक्ष्य क्रमशः हासिल हुन थालेको बताइन्। उनका अनुसार भारतबाट आउने पर्यटकले अहिले कुल अन्तर्राष्ट्रिय पर्यटक आगमनको झण्डै ४० प्रतिशत हिस्सा ओगटेका छन् भने पोखरा, मुक्तिनाथ र जोमसोमजस्ता गन्तव्यमा हालसम्मकै धेरै पर्यटक पुगिरहेका छन्।
तर, पर्यटकको संख्या बढ्दै जानु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै उदासले अब मुख्य प्रश्न ‘बढ्दो पर्यटकलाई व्यवस्थापन गर्न नेपाल तयार छ कि छैन ?’ भन्ने भएको बताइन्।
उनले एसियाका धेरै देश आर्थिक रूपमा समृद्ध बन्दै गएको र अन्तर्राष्ट्रिय यात्रा थप सहज बन्दै गएकाले नेपालका लागि ठूलो अवसर सिर्जना भएको उल्लेख गरिन्। उदाहरण दिँदै उनले चीनका करिब १० प्रतिशत नागरिकसँग मात्रै हाल पासपोर्ट रहेको भन्दै आगामी दिनमा यो संख्या बढ्दै जाँदा नेपालले त्यसबाट प्राप्त हुने अवसरसँगै चुनौतीको पनि सामना गर्नुपर्ने धारणा राखिन्।
उदासले अब पर्यटन नीति केवल पर्यटक आकर्षित गर्नेमा सीमित हुन नहुने भन्दै उनीहरूको व्यवस्थापन, सेवा र अनुभवलाई समान प्राथमिकता दिनुपर्ने बताइन्। त्यसका लागि उनले नेपाल पर्यटन विकास प्राधिकरण स्थापना गरी गन्तव्य योजना, पर्यटनसम्बन्धी तथ्यांक तथा विश्लेषण, ब्रान्डिङ र प्रवर्द्धन, धार्मिक पर्यटन सर्किट विकास, दक्ष जनशक्ति उत्पादन तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने एउटै सक्षम निकाय आवश्यक रहेको प्रस्ताव अघि सारेकी हुन्।
उनले नेपालको पर्यटन क्षेत्रको सफलता केवल पर्यटकको संख्याले होइन, उनीहरूले प्राप्त गर्ने सेवाको गुणस्तर, स्थानीय समुदायले पाउने प्रत्यक्ष लाभ र पर्यटक पुनः नेपाल फर्किन चाहने वातावरणले मापन गरिनुपर्नेमा जोड दिइन्।
उदासले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले सम्पन्न नेपाल विश्वस्तरीय पर्यटन गन्तव्य बन्न सक्ने पर्याप्त आधार रहेको उल्लेख गर्दै त्यसअनुसारको सक्षम पर्यटन सुशासन र संस्थागत संरचना निर्माण गर्न अब ढिलाइ गर्न नहुने बताइन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्