१२ असोज २०८३, सोमबार

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ


अ
अ+
अ-

काठमाडौं, असार ८ । काठमाडौंको ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दुःख दिने तथा प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने आरोपमा युगाण्डाका पाँच र भियतनामका दुई गरि सात जना विदेशी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये पाँच जना युगाण्डा र दुई जना भियतनामका नागरिकलाई प्रहरी टोलीले सम्झाइबुझाइ गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि नै अपशब्द प्रयोग गर्दै गालीगलौज तथा धक्कामुक्का गरेको आरोप पनि लगाइएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले ठमेल लगायत पर्यटकीय क्षेत्रमा सार्वजनिक शान्ति, सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्