११ असोज २०८३, आइतबार

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात, तुवाँलो क्रमशः हट्ने सम्भावना


अ
अ+
अ-

काठमाडौं, फागुन २८ । देशका केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा हिमपात भएको छ।
विभागले आज बिहान ७ः०० बजे सार्वजनिक गरेको विवरणअनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ।
त्यस्तै कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्र तथा मधेश प्रदेशका धेरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले केही दिनदेखि देशका धेरै स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। उच्च चापीय मौसम प्रणालीका कारण वर्षा हुन नसक्दा तुवाँलो वायुमण्डलको तल्लो तहमा थुप्रिएको विभागको भनाइ छ।
यद्यपि बिहीबारदेखि मौसम प्रणालीमा केही सक्रियता बढ्ने र देशका विभिन्न स्थानमा क्षणिक वर्षा हुन सक्ने भएकाले तुवाँलो क्रमशः घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ। विभागले तुवाँलोका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्