१५ असोज २०८३, बिहिबार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार


अ
अ+
अ-

काठमाडौं, असोज २। भोटेकोशी बाढीपछि नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार १९५ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र खोजी गर्ने क्रममा थप सातवटा शव फेला परेका छन्। यसअघि सोही टनेलमा छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेको थियो। थप सात शव फेला परेपछि टनेलबाट हालसम्म १३ वटा शव बाहिर निकालिएको छ। टनेलभित्र खोजी कार्य भने जारी छ।
त्रिशूली–३ ए को टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ बीको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा अहिलेसम्म केही फेला परेको छैन।
रसुवा र नुवाकोटका त्रिशूलीपारिका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ।
सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्रीसमेत पुर्‍याइएको छ। सेनाका अनुसार नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा हालसम्म ड्रोनबाट ३० हजार २७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज परिचालन भएका छन्। उनीहरुले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेका छन्।
बाढीपीडित परिवारलाई धार्मिक संस्कार तथा श्रद्धाञ्जलीका कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत सेनाले सहयोग गरिरहेको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ६ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म यी केन्द्रबाट ३ हजार ९९६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारको सडक खुलाउने काम भइरहेको छ। बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहित अन्य सुरक्षा फौज परिचालन भएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्