१३ असोज २०८३, मंगलबार

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल


अ
अ+
अ-

काठमाडौँ, असार ३२काे । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, वसन्तपुृरस्थित तलेजु भवानीको गलाबाट चोरी गरेर अमेरिका पुर्‍याइएका गहना फिर्ता गराउन अमेरिकी सरकारसँग सहयोग अपिल गरेकी छन् ।

हिजाे उनकै कार्यकक्षमा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बमसँगको शिष्टाचार भेटका क्रममा उनले यस प्रकार सहयोगको अपेक्षा व्यक्त गरेकी हुन् ।
‘काठमाडौँका प्राचीन मूर्ति केवल आकृति मात्र होइनन् । यी स्थानीयबासीको आस्था र विश्वाश पनि हुन् । हेर्दा मूर्त देखिए पनि अमूर्त सम्पदासँग गहिरो सम्बन्ध जोडिएका, मौलिकता र ऐतिहासिकता बोकेका अमूल्य निधि हुन् । यस्ता सम्पत्तिहरू संग्रहालयमा होइन । आफ्नै मौलिक आसनमा जीवन्त हुन्छन् । यसकारण हामी काठमाडौँबाट चोरी भएर विदेशका संग्रहालयमा पुगेका पुरातात्विक महत्व बोकेका मूर्ति, कलाकृति तथा आकृति कानुनी, प्रशासनिक तथा कुटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै आसनमा फर्काउने अभियानमा छौँ । यस कार्यमा अमेरिकी सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।’

त्यस क्रममा उनले मूर्त सम्पदासँगै मौलिक गायन, वादन, नृत्य, संस्कार, संस्कृति जस्ता अमूर्त सम्पदाको संरक्षणमा सामुदायिक संरचनाले काम गरिरहेको बताइन् । उनले नेवार ‘समुदायलाई गुठी प्रणालीले बाँधेर राखेको छ । यसले सामाजिक सद्भाव भत्किन दिँदैन । पुस्तौँपुस्तालाई बाँधेर राख्ने सामुदायिक सहभागितामा आधारित क्षमतालाई बचाउन हामीले गुठी, खलः पुचः लाई आर्थिक सहयोग गरेर संरक्षणको दिगोपना प्रदान गर्ने प्रयास गरेका छौँ ।’ उनको भनाइ थियाे । 
कुराकानीका क्रममा कार्यवाहक राजदूत उर्बमले राखेको स्थानीय शासनमा प्रमुख र उपप्रमुखको भूमिका, अन्तरसरकार विश्वाश र समन्वयको अभ्यासका विषयमा जिज्ञासामा कार्यवाहक प्रमुख डंगोलले, विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिवद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताइन् ।
काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना गर्ने योजना बनाएको छ । यसमा हलिउडका कलाकार, प्राविधिक तथा सिर्जनाकारहरुसँग हामी सहकार्य गर्न चाहेकाे तथा कुराकानीका क्रममा कार्यवाहक प्रमुखको अपेक्षामा कार्यवाहक राजदूत उर्बमले भने, ‘यस प्रकारका कार्यक्रमले आपसी सम्बन्धलाई नागरिकको तहसम्म पुर्‍याउन सहयोग गर्छ । यसकारण हामी आपसी सहयोगका लागि सकारात्मक छौँ ।’ 
भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र प्रमुखको सचिवालयका अधिकारीहरु, नेपालका लागि अमेरिकी दूताबासको सार्वजनिक मामिला प्रमुख, माइक हर्कर, राजनीति तथा आर्थिक मामिला प्रमुख केट लेही, सार्वजनिक मामिला विज्ञ डा. ध्रुव शाहलगायत अधिकारी थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्