१२ असोज २०८३, सोमबार

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड


अ
अ+
अ-

काठमाडौं, वैशाख १४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित छुट्टाछुट्टै शिष्टाचार भेटवार्तामा नेपालले चीन र जापानसँग सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा जोड दिएको छ।
मन्त्रालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङ र जापानी राजदूत मायेदा ताेरूले शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।
चिनियाँ राजदूतले नेपाल सरकारलाई बधाई दिँदै स्थिर सरकार गठनसँगै आर्थिक तथा सामाजिक विकासका लागि नयाँ अवसर सिर्जना भएको उल्लेख गरेका थिए। उनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादन, कृत्रिम बुद्धिमत्ता तथा क्वान्टम प्रविधिजस्ता क्षेत्रमा चीन सरकार सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका थिए। साथै, चीनको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा कम्पनीहरूबारे चासो व्यक्त गरिएको थियो।
त्यसैगरी, जापानी राजदूतले नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका लागि जापान सरकार सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। उनले जापानी निजी क्षेत्रको लगानी आकर्षित गर्न नीतिगत तथा प्रक्रियागत सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै नेपाली डायस्पोरामार्फत लगानी विस्तार र सीप तथा पूँजीको उपयोग गरी डिजिटल रूपान्तरणमा योगदान गर्न सकिने बताए।
भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले नेपालले छिमेकी मुलुकहरूसँग सुदृढ सम्बन्ध र आपसी विश्वासमा आधारित सहकार्यलाई प्राथमिकता दिएको स्पष्ट पारे। उनले कनेक्टिभिटी, पूर्वाधार निर्माण र सूचना प्रविधि क्षेत्रमा चीन र जापानसँग सहकार्य विस्तार गर्न सकिने बताए।
मन्त्री तिमिल्सिनाले सूचना प्रविधि, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र दूरसञ्चार सेवाको विकास तथा प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाहलाई सहज बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको जानकारी गराए।
दुवै भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा सम्बन्धित दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्