महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान


अ+
अ-

महाराज क्राचल्ल खश साम्राज्यका संस्थापक राजा नागराजको वंशज एवं पाँचौ राजा हुन् यस बीचमा राजाहरु चाप, चापिल्ल, क्रासिचल्ल क्राधिचल्लको नाम मात्र थाहा पाइन्छ, त्यसभन्दा बाहेक अन्य थप जानकारी कतैबाट पाइएको छैन यस स्थितिमा कतिपयले तिनीहरु राजा नै नभएको वा भएपनि कमजोर वा खास उल्लेखनीय नभएको अनुमान गरेका छन् भने कतिपयले यसको विपरित उनीहरु पनि शक्तिशाली तेजस्वी रहेको अनुमान गरेका छन् पाँचौं राजा क्राचल्ल शक्तिशाली, राजनीतिमा सूरवीर तथा स्थिति बाँध्न सक्ने सक्षम राजाका रुपमा देखा पर्दछ

राजा क्राचल्लको जन्म कहिले भयो कति सालमा राजा भएका थिए भन्ने कुरा खुलाउने ऐतिहासिक श्रोतको अभाव हालसम्म प्राप्त अभिलेखहरुमध्ये खश साम्राज्यकै पहिलो अभिलेख कुमाउस्थित बालेश्वर मन्दिरमा प्राप्त ताम्रपत्र हो यस ताम्रपत्रमा शक सम्बत ११४५ (.सं. १२२३) उल्लेख पाइन्छ बालेश्वर मन्दिरको पूजा दान पाठ गरेको कुरा यसमा परेको ऐतिहासिक सन्दर्भमा धेरै महत्व राख्ने यस ताम्रपत्रको पृष्ठभूमि राजा क्राचल्लले कुमाउमा गरेको युद्ध त्यस युद्धमा उनलाई प्राप्त भएको विजय हो खश साम्राज्यको एउटा विशेषता वा प्रवृत्ति के रहेको पाइन्छ भने, विजय अभियानका क्रममा विभिन्न राज्यहरु जित्ने तर ती राज्यहरुमाथि केन्द्रबाट सोझै शासन नगरी पराजित राजालाई नै स्थानिय शासक वा सामन्तका रुपमा कायम गर्ने हो ती स्थानिय शासकहरु आफूलाई राजा नै भन्न पाउँथे तर राजाहरुका राजा भने सिंजा राजधानीका राजा हुन्थे कुमाउँका राजाले अटेरी गरेको केन्द्रिय शासनविरुद्ध विद्रोह गरेपछि त्यसलाई कज्याउन ठुलोे दलबलसहित राजा क्रा चल्लले सैनिक अभियान चलाएको त्यसमाथि सफल कारवाही राजा क्राचल्लले गरेका थिए यसका लागि उनले अन्य विभिन्न सामन्त राजाहरुसँग सैन्य सहयोग लिई कुमाउँविरुद्ध घमासान युद्ध गरेका थिए कुमाउमा आक्रमण गर्दा कार्तिकेयपुरमा घमासान युद्ध भएको सहर पूर्णतः ध्वस्त भएको भन्ने उल्लेख पाइन्छ यस अवस्थामा स्थानिय शासकले हार स्विकार गरेका थिए त्यसमा पाएको सफलता नै कुमाउ बालेश्वर मन्दिरको ताम्रपत्र हो यस युद्धमा सफलता पाएपछि उनले आफूलाई सहयोग गर्ने सामन्त राजाहरुलाई पुरस्कृत गरेका थिए यसरी नै बालेश्वर मन्दिरमा पनि ठूलो दान गरी ..... गरेका थिए यति मात्र नभई त्यस मन्दिरका पुजारीलाई पनि ठूलो मात्रामा पुरस्कृत गरेबाट युद्धकार्यमा ती पुजारीको पनि महत्वपूर्ण भूमिका रहेको अनुमान हुन्छ

राजा क्रा चल्लले नेपालको कान्तिपुरमाथि पनि विजय प्राप्त गरेको भनी राजाराम सुवेदीले (२०५६ः१०७) उल्लेख गरेका छन् तर यसको पुष्टि भने गरेका छैनन् बरु गोपाल राजवंशावलीको अध्ययनपछि धनबज्र बज्राचार्यले लेखेका छन् ‘‘जितारी मल्लले चाहिँ पूर्वतिर आफ्नो प्रभाव फैलाउने प्रयास गरे हुनत पाएदेखि क्रा चल्ल, अशोक चल्लहरूले पनि पूर्वतिर आफ्नो प्रभुत्व फैलाउन चाहेका थिए होलान् तर, त्यसबेला केन्द्र त्यति कमजोर थिएन (बज्राचार्य २०२२ः२०२१)’’ यहाँ केन्द्रको अभिप्रायः नेपाल मण्डल हो

खश साम्राज्यमा राजा क्राचल्लको एउटा ठूलो योगदान तिब्बत भारतलाई जोड्ने एउटा व्यापारिक राजमार्ग निर्माण गर्नु हो उनले तिब्बत, सिंजा, दुल्लु, सुर्खेत, बर्दिया भारतको व्यापारी मार्ग निर्माण गराएका हुन् यसपछि दुल्लुलाई विराट्स्थान घोषित गरेका थिए सिंजालाई हाटबजारको केन्द्र बनाएका हुनालेसिंजा हाट दुल्लु विराट भन्ने लोकोक्ति बनेको थियो भन्ने भनाई पाइन्छ

बौद्ध धर्ममा योगदान

बौद्ध साम्राज्यको रुपमा रहेको खश साम्राज्यमा हिन्दू धर्म तथा समाजको पनि अस्तित्व रहेको त्यसमा राजकीय संरक्षण पनि रहेको बालेश्वर मन्दिरमा प्राप्त अभिलेखबाट जानकारी दिन्छ कुमाउँ राज्यविरुद्धराजा क्राचल्ले सैन्य अभियान संचालन गरेको मन्दिरको पुजारीले खश सम्राटलाई नै सघाएको बुझ्न सकिन्छ क्रा चल्लले कुमाउ विजयपछि स्थानीय हिन्दू धर्मावलम्बीहरूलाई बिना भेदभाव सहयोग गरेको देखिन्छ उनले स्थानीय जनताको धार्मिक आस्था अनुरूप हिन्दू देव एक रुद्र वालेश्वरको भक्तिपूर्वक पूजा आराधना गर्नुका साथै मन्दिरको पुरानो ढाँचालाई बदली नयाँ ढाँचामा निर्माण गराउनुका साथै ठुलोे भूमि गुठीमा राखिदिएका थिए

राजा क्राचल्लले आफूलाईपरमसौगात अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् यसबाट उनी बौद्ध धर्मका उपासक मात्रै नभएर बौद्ध धर्ममा संरक्षक पनि रहेको बुझ्न सकिन्छ

यी राजा विभिन्न बौद्ध स्मारकहरुको निर्माता हुनु पनि धेरै संभव तर यसबारे जानकारी दिने सामग्री नितान्त रुपमा अभाव यस सम्बन्धमा खासै अध्ययनअनुसन्धान भइनसकेकाले यस्तै हो भन्न सकिने अवस्था छैन भविष्यमा हुने अध्ययनअनुसन्धान तथा खोजी प्राप्तीले थप ज्ञान प्रकाश पार्ने आशा गर्न सकिन्छ यति हुँदा हुँदै पनि सुर्खेतस्थित काँक्रे विहार राजा क्राचल्लको देन हो कि भन्ने अनुमान हुन्छ कतिपयले यस स्थलको निर्माता उनका उत्तराधिकारी राजा अशोक चल्लको अनुमान गरेका छन् तर उनी नै हुन् भनेर कसैले ठोकुवा भने गर्न सकिएको छैन

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्