१२ असोज २०८३, सोमबार

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित


अ
अ+
अ-

काठमाडौँ, जेठ १० । काठमाडौं महानगरपालिकाले रचनात्मक उद्योग क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै शनिबार चर्या गुरु यज्ञपतिमान बज्राचार्यको एकल चर्या प्रवाह कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ।
नेपा: डान्स एकेडेमीसँगको सहकार्यमा नेवा सांस्कृतिक पुचःले राष्ट्रिय नाचघरमा आयोजना गरेको ‘गुरु यज्ञपतिमान बज्राचार्य सम्मान तथा चर्या नृत्य एकल साँझ २०८३ : चर्या प्रवाह’ कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बज्राचार्यलाई सम्मान गरिन्। सो अवसरमा नेपाः डान्स एकेडेमीले पनि विशेष सम्मान प्रदान गर्‍यो।
कार्यक्रममा गुरु वन्दना, पँयेता मूः द्यः ल्हायेगु, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, षोडषलास्य, पद्मनर्तेश्वर, एवममया, नामसंगीति, कुरुकुल्ला, बज्र सरस्वती, कालभैरव, वुंगमलोकेश्वर, जय जय बागेश्वरी, बज्रवीर महाकाल र बज्रसत्व शत्ताक्षरलगायत चर्या नृत्य प्रस्तुत गरियो। कार्यक्रममा ७५ जना कलाकार सहभागी थिए।
बज्रयान बौद्ध दर्शनमा आधारित चर्या नृत्य देवी–देवताका स्वरूप, भाव र मुद्रामा आधारित गुप्त नृत्य मानिन्छ। काठमाडौँ उपत्यकाका बौद्ध समुदायले देवीदेवता तथा पितृ आव्हान र आराधनाका क्रममा प्रस्तुत गर्ने यो नृत्य चर्या गीत अर्थात् बज्र गीतको लय र तालमा आधारित हुन्छ। यसमा पञ्चबुद्ध, मञ्जुश्री, आर्यतारा, लोकेश्वरलगायत देवीदेवताप्रति उपासना गरिन्छ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले कुनै लाभको अपेक्षा नगरी चर्या नृत्यको आदर्श र ज्ञान पुस्तान्तरणमा पुर्‍याएको योगदानका लागि गुरु बज्राचार्यलाई सम्मान गरिएको बताइन्।
उनले गुरुको शिक्षण शैलीको प्रशंसा गर्दै उमेर, वर्ण, धर्म, लिङ्ग वा वर्गको सीमाभन्दा माथि उठेर विद्यार्थीको अनुकूल समयमा शिक्षा दिने शैली अनुकरणीय रहेको बताइन्। भौतिक रूपमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई समेत अनलाइनमार्फत सिकाउन तत्पर रहने गुरुको समर्पणले गुप्त तथा अमूर्त सम्पदाको पुस्तान्तरणलाई प्रभावकारी बनाएको उनको भनाइ थियो।
डंगोलले आफूले पनि बज्राचार्यसँग शिक्षा लिएको अनुभव सुनाउँदै बुद्ध दर्शनलाई आधुनिक जीवनशैली र युवा पुस्तामाझ लोकप्रिय बनाउन उनले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।
सम्मान ग्रहणपछि भावुक बनेका गुरु बज्राचार्यले महानगरपालिकाले आयोजना गरेको कार्यक्रमले आफ्नो कामको महत्व देखाइदिएको बताए।
“आजको कार्यक्रमपछि मैले राम्रो काम गरेको रहेछु भन्ने अनुभूति भयो। जीवन सार्थक भएको महसुस भएको छ,” उनले भने, “नेपाः डान्स एकेडेमीले मेरो शिक्षालाई जीवन्त रूपमा प्रस्तुत गरेको देख्दा आँखा रसाए। आज पाएको हौसलाले अझै धेरै काम गर्न सक्ने आत्मविश्वास दिएको छ।”
चर्या नृत्यबारे धारणा राख्दै उनले चर्या साधकलाई केवल कलाकारका रूपमा मात्र नभई देवभाव धारण गर्न सक्ने व्यक्तित्वका रूपमा बुझ्नुपर्ने बताए। “चर्या नृत्य जीवन बुझ्ने, बुझाउने र जीवनलाई अनुशासित बनाउने साधन पनि हो,” उनले भने।
कार्यक्रममा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, नेपालका लागि इजरायलका राजदूत स्मुलिक अरी बास, UNESCO का नेपाल प्रतिनिधि जाको डु टोइट सहित कूटनीति, कला, साहित्य तथा सिर्जना क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
नेवाः सांस्कृतिक पुचःकी अध्यक्ष रीना महर्जनले शास्त्रीय नृत्यको गरिमा र परम्परा संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। उनले चर्या नृत्यप्रति युवापुस्ताको आकर्षण बढाउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।
त्यसैगरी नेपाः डान्स एकेडेमीकी अध्यक्ष रोहिया महर्जनले चर्या नृत्यप्रतिको जिज्ञासाले आफूलाई गुरु बज्राचार्यसम्म पुर्‍याएको स्मरण गर्दै युवापुस्तामा पनि त्यस्तै कौतुहलता जागृत होस् भन्ने उद्देश्य रहेको बताइन्।
कार्यक्रम गुरुज्ञानप्रतिको श्रद्धा व्यक्त गर्ने गुरु वन्दनाबाट सुरु गरिएको थियो। कार्यक्रममा पञ्चताल, देवी उत्पत्तिको भाव, कमलबाट उत्पन्न ज्योति, हस्तमुद्रा तथा परम्परागत पूजा विधिमा आधारित विभिन्न नृत्य प्रस्तुत गरिएका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्